परिचय
नेपालको पूँजी बजारमा सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्दै आएका सर्बसाधारण सेयरधनीहरुको हकहित संरक्षण र पूँजी बजार बिकास र बिस्तारका कार्यहरुमा सहयोग गर्न नेपाल सेयरधनी संघ संस्था स्थापना भएको हो ।
यो संस्था एक अविच्छिन्न उत्तराधिकारीवाला, संगठित, गैर-नाफामुलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हो । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन ।
उद्देश्य
- यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुने ।
- पूँजी बजारमा सूचीकृत कम्पनीहरुका सर्बसाधारण सेयरधनीहरुलाई संगठित गरी हकहित रक्षाका लागि लगानीकर्ताको साझा छाता संस्थाको रुपमा काम गर्ने ।
- पूँजी बजार सुधार र बिस्तारमा सरकार र नियमनकारी निकायहरुलाई सघाउने ।
- प्रचलित कानूनको अधिनमा रही पूँजी बजारको प्रविधि र पुर्वाधार बिकासमा सहयोग पुग्ने कृयाकलापहरु गर्ने ।
- पूँजी बजार र लगानी सम्बन्धी विभिन्न स्वदेशी, विदेशी सरकारी र गैरसरकारी संघसंस्थाहरुसँग सम्बन्ध विस्तार, समन्वय, सहकार्य गर्दै पूँजी बजार मैत्री कृयाकलाप गर्न पहल गर्ने ।
- लगानीकर्ताहरुलाई सचेतना फैलाउने, सुरक्षित लगानीका लागि प्रोत्साहित गर्ने तालिम, सेमिनार, गोष्ठी र कार्यक्रमहरु गर्न पहल गर्ने ।
- लगानीकर्ताको हित रक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय कार्य गर्नेहरुलाई प्रोत्साहन र सम्मानको कार्य गर्ने ।
- पूँजी बजारका क्षेत्रमा जवाफदेहिता र पारदर्शिताका लागि प्रोत्साहित गर्ने कार्यहरु गरिने छ ।